३१ आश्विन २०८३, शनिबार

उपसभामुखको निर्वाचनका लागि ११ देखि १ बजेसम्म मनोनयन दर्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । प्रतिनिधिसभाको उपसभामुखको शुक्रबार हुने निर्वाचनको मनोनयन दर्ताको कार्यसूची आज रहेको छ ।

वुधबार सार्वजनिक कार्यसूचीअनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयन दर्ता समय तोकिएको छ ।

त्यसपछि साढे १ बजे आजै उम्मेदवारको सूची तयार गरिनेछ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।