३१ आश्विन २०८३, शनिबार

बैतडीमा भीरबाट लडेर किशोरको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बैतडी, २९ असार । भिरबाट लडेर बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । बोहरा निङ्लाशैनी मावि देहिमाडौँमा कक्षा १२ मा अध्ययनरत थिए । –रासस