
काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
यससँगै हैजा संक्रमितको संख्या २८ जना पुगेको छ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्टूल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो ।
काठमाडौँमा असार दुई गते पहिलो पटक हैजा पुष्टि भएको थियो ।















प्रतिक्रिया