
काठमाडौँ, २९ असार । गरिमा विकास बैंकले काठमाडौंको माछापोखरी शाखाको समन्वयमा कामपा १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर/कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थानगरि जम्मा ३० थान डस्बीन हस्तान्तरण गरेको छ ।
त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँणबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया