३१ आश्विन २०८३, शनिबार

संक्रमणमा उच्च वृद्धि, एकै दिन २०० बढीमा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २०६ जना संक्रमित पुष्टि भएका हुन् ।

२ हजार ८२ जनाको पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी कुल २०६ जनामा संक्रमण पुष्टि भएका मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय कोरोना संक्रमितको संख्या १००५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।