३१ आश्विन २०८३, शनिबार

नेपाल प्रहरीका ३६ डीएसपीलाई एसपीमा बढुवा सिफारिस, को-को परे ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

वुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिले पहिलो नम्बरमा देवेन्द्रबहादुर पाललाई एसपीमा बढुवा सिफारिस गरेका छ । त्यस्तै, सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन् ।

त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नविनकिशोर प्रधान र मोहनकुमार थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।