
काठमाडौँ, २९ असार । सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार थियो ।















प्रतिक्रिया