३१ आश्विन २०८३, शनिबार

देउवाले गरे ज्योतिषी हेराएर निर्वाचनको मिति तय

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीलाई हेराएर संसदीय निर्वाचनको मिति तय गरेका छन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगलाई सरकारले अनौपचारिक निर्देशन दिइसकेको छ । साउन पहिलो सातामा सरकारले निर्वाचनको मिति तोक्ने सरकारको तयारी छ ।

देउवाले ज्योतिषकै परामर्शमा मंसिर ४ गते मिति जुराएका बालुवाटार स्रोतले जनाएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति पनि ज्योतिष हेराएरै तय गरिएको बताइएको छ ।

आयोगले मंसिर २ गते एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।