
काठमाडौँ, २९ असार । आज विहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ पेश गर्ने तयारी रहेको संसदको सम्भावित कार्यसूचीमा उल्लेख छ । विधेयक गृहमन्त्री बालकृष्ण खाँणले पेश गर्नेछन् ।
त्यस्तै, नेपाल रेल्वे विधयक–२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका कार्यसूची पनि रहनसक्ने संसद सचिवालयले जनाएको छ ।















प्रतिक्रिया