३१ आश्विन २०८३, शनिबार

एमाले अर्थ विभागमा आएको नाम मेरो होइनः गभर्नर अधिकारी

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम. अधिकारी आफू नभएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा एम. अधिकारी गभर्नर भएको भन्दै आशंका व्यक्त गरिएकोमा गभर्नर अधिकारीले ट्वीटरमार्फत एमालेको विभागको नाम आफ्नो नरहेको जानकारी गराएका हुन् ।

गभर्नरले भनेका छन्, ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन । म कुनै पार्टीसँग जोडिएको पनि छैन ।’

उता एमालेका सचेतक विशाल भट्टराईले पनि एम. अधिकारी नाम गरेका एमालेका अन्य नेता भएको बताएका छन् ।