३१ आश्विन २०८३, शनिबार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग एनआरएनए पदाधिकारीद्वारा भेटघाट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ ।

भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपाली नागरिका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नु पर्ने विषय प्रतिनिधि सभाले नै गर्छ भन्ने बताए । साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेश भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पुरा गरिदिने जानकारी गराए ।

कार्यक्रममा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङसँग भेटघाट

त्यस्तै, एनआरएनए प्रतिनिधिले संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङसँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष आचार्य र केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन बारे छलफल गरेका थिए ।

प्रतिनिधि मंडलका पदाधिकारीहरुले गैरआवासीय नेपाली नागरिकताको विषयमा सुरुको अवस्थादेखि यहाँ संलग्न रहेका र अब पेश हुन लागेको ऐनमा पनि संविधानमा प्रावधान रहेको गैरआवासीय नेपालीको अधिकारलाई संबोधन गर्न यहाँको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

संविधान सभाका अध्यक्ष नेम्वाङले संविधानमा ब्यवस्ता भएको अधिकारलाई यस ऐनमा समेटिएको र सबै दल यसमा सहमत रहेको र छिटै पास गर्ने जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

गृह सचिव टेक नारायण पाण्डेसँग भेटघाट

संघको एक प्रतिनिधि मंडलले गृह सचिव टेक नारायण पाण्डेसँग पनि भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष आचार्य र केसी लगायतका प्रतिनिधिहरुले सरकारले संशोधन सहित प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता ऐन सम्बन्धमा छलफल गरेका थिए ।

सचिव पाण्डेले संशोधित ऐन बारे जानकारी दिदै विभिन्न राजनैतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्न सुझाव दिए ।

यस कार्यक्रममा उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोट र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।