३१ आश्विन २०८३, शनिबार

जनार्दन शर्मामाथि छानबिन गर्ने विशेष समितिले माग्यो अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेर गरिएकोबारे छानबिन गर्न बनेको विशेष समितिले अर्थमन्त्रालयलसँग सीसीटीभी फुटेजसहितको कागजाताहरु माग गरेको छ ।

मंगलबार सिंहदरवारमा बसेको समितिको पहिलो बैठकले मन्त्रालयको सीसीटीभी फुटेज माग्ने निर्णय गरेको हो ।

सीसीटीभी फुटेजसहितका आवश्यक कागजातहरु माग गर्न अर्थमन्त्रालयलाई पत्राचार गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जनाएका छन् ।

पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको सभापति चयनमा भने दुई पक्षको दावीका कारण टुंगेको छैन भने समितिको अर्को बैठक बुधबार दिउँसो साढे २ बजे बस्ने भएको छ ।