३१ आश्विन २०८३, शनिबार

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २८ असार । बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ । गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध हटाएसँगै पुनःसवारी सञ्चालनमा आएको हो ।

गतवर्ष र केही हप्ता अघि गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ ।

उक्त योजना कार्यालयका प्रमुख पन्तले भन्नुभयो, “वैकल्पिक रुपमा सञ्चालन गरिएको यस सडकसमेत दैनिकजसो पहिराले अवरुद्ध बनाउँछ, डोजरले पहिरो हटाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ ।” –रासस