३१ आश्विन २०८३, शनिबार

शेयर बजारमा पहिरो, एकै दिन ७७ अंकले घट्यो नेप्से

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । सेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन ।

मंगलबार नेप्से परिसूचक ७७ अंकले घटेको छ । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजार अन्तिममा ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।

आजको दिनमा अधिकांश कम्पनीहरुले गुमाएका छन् । आजको दिन २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।