३१ आश्विन २०८३, शनिबार

हेर्नुस् नेकपा एमालेको अन्तरपार्टी निर्देशनको पूर्णपाठ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । नेकपा (एमाले)ले ७५३ वटै स्थानीय तहमा नेपाली कांग्रेसले गठबन्धनको सहाराबाट मात्रै जितेको निष्कर्ष निकालेको छ ।

पाँच दलीय गठबन्धनसँग एक्लै चुनावी मैदानमा उत्रेको एमालेले आफ्नो जनतमत भने बढेको जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन ४ (अपानि) जारी गर्दै समीक्षासहित आगामी निर्वाचनको रणनीतिसमेत उल्लेख गरेका छन् ।

अपानिमा कांग्रेसले आफू बलियो भएका १३५ पालिकामा मात्र एक्लै चुनाव लडेको र बाँकी ठाउँमा कतै दुई दल र कतै महागठबन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गरेको उल्लेख छ ।

एमालेको अपानिमा उल्लेख छ, ‘कुल विजयी सिटमध्ये २० प्रतिशतमात्र एक्लै प्रतिस्पर्धाबाट जीत हासिल गरेको कांग्रेसले गठबन्धनबाट अधिकतम लाभ लिन सफल भयो । गठबन्धनका अरु दलहरूलाई कुनै पनि हालतमा एमालेसँग तालमेल हुन नदिने नीति लिएको कांग्रेसले कतिपय ठाउँमा एमालेसँग पनि तालमेल गर्न अग्रसर भयो । सारमा, कांग्रेस जसरी पनि आफूले जित्ने कुरामा केन्द्रित भयो ।’

यस्तो छ अपानिको पूर्णपाठः