
काठमाडौँ, २६ असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाल पनि श्रीलंकाकै स्थितिमा पुग्ने दावी गरेका छन् ।
उनले देशलाई बचाउन समयमै सकारात्मक हस्तक्षेप गर्नुपर्ने बताउँदै उनले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट– स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पु¥याउने त्यतै हो ।’















प्रतिक्रिया