१ कार्तिक २०८३, आइतबार

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

वीरेन्द्रनगर, २६ असार । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेहलकुना अस्पतालको नयाँ भवन निर्माणको क्रममा शनिबार करेन्ट लागेर गुर्भाकोट नगरपालिका–६ का १७ वर्षीय विजय विकको मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि आइतबार आफन्त तथा स्थानीयले मेहलकुना बजारमा प्रदर्शन गरेका छन् । स्थानीयले सडकमा टायर बालेर आवतजावत गर्ने सवारी साधनहरु रोकेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार आफन्तहरुले उचित क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् । उनले अहिले नगरपालिका प्रमुख, उपप्रमुख, अस्पताल प्रशासन र आफन्तबीच सहमतिका लागि छलफल चलिरहेको छ ।