२९ आश्विन २०८३, बिहिबार

गुण्डागर्दी नियन्त्रण गर्न गृहको विशेष अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbarकाठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले गुण्डागर्दी तथा अपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने अभियानलाई देशभर प्रभावकारी रुपमा अघि बढाएको छ ।

मन्त्रालयले गुण्डागर्दी नियन्त्रण कार्ययोजना तयार गरी अभियानका रुपमा देशभर प्रहरी कारबाही चलाइएको, गुण्डागर्दी नियन्त्रण गर्ने विशेष दस्तासमेत परिचालन गरिएको जनाएको छ ।

क्रस पेट्रोलिङ, लङ्रेन्ज पेट्रोलिङ, अँधेरी गस्ती, ग्रामीण गस्तीलाई प्रभावकारी रुपमा लागू गरिएको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँले उपत्यकाका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, सार्वजनिक सडक अतिक्रमण गर्ने फुटपाथे व्यवसायीलाई हटाउने तथा जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध गर्नेलाई कारबाही अभियान चलाइएको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका सबै नाकामा अपराधिक क्रियाकलाप हुन नदिन, अत्याधुनिक सिसीटिभी जडान गरी चेक जाँचको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । जसअनुरुप उपत्यका प्रवेश गर्ने नागढुङ्गा, फर्पिङ्, छैमलबाट मकवानपुर जाने बाटो, बाँडभञ्ज्याङ्, नाङ्लेभारेबाट सिन्धुपाल्चोक जाने बाटो, डाँडाकटेरीबाट मानचुली लेक जाने बाटो, बुढानिलकण्ठबाट फेदीखोला हुँदै नुवाकोट जानेबाटो सुन्दरीजलबाट नुवाकोट जाने बाटोहरुमा नाका सुरक्षा योजना बनाई कुनैपनि अपराधिक क्रियाकलाप हुन र गर्न नदिने व्यवस्था मिलाइएको बताइएको छ ।

त्यसैगरी राजधानीमा फुटपाथ अनधिकृत रुपमा कब्जा गरी व्यापार व्यवसाय गर्नेहरुलाई महानगरपालिका, नगरपालिका, गा.वि.स. कार्यालय तथा ट्राफिक प्रहरीसँग समन्वय गरी कालिमाटी, सुन्धारा, न्यूरोड खुल्लामञ्च, रत्नपार्क, गोंगवू, बौद्ध, कोटेश्वर, कलंकी एरिया लगायतका स्थानहरुका सबै फुटपाथ हटाइएको र वैकल्पिक व्यवस्थाका लागि सरोकारवाला निकायको टोलीले उपयुक्त स्थानको छनौटका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
जथाभावी सवारी पाकिङ्ग गरी सडक आवागमनमा अवरोध गर्ने कार्यलाई निरुत्साहित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकासँग समन्वयन गरी पाकिङ्ग गरिएका साधनहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाहीको लागि ट्राफिक प्रहरी महाशाखा पठाउने गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उल्लेखित विवरण अनुसार उपत्यकाको विभिन्न सडक खण्डहरुमा जथाभावी सवारी साधन पाकिङ्ग गरी सडक आवागमनलाई अवरोध पार्ने कार्य विरुद्धको अभियान सञ्चालन गरिएको विगत तीन महिना भित्रमा त्यस्ता कार्य गर्ने २६ सय ८९ जना चालकहरुलाई कारवाही गरिएको छ । तीन महिनाको अवधिमा सवारी नियम उल्लंघन गर्ने ८९ हजार ३९० वटा सवारी साधनहरुलाई कारवाही गरी रु दुई करोड ३४ लाख १४ हजार राजश्व संकलन भएको जनाएको छ ।