२९ आश्विन २०८३, बिहिबार

बाग्मतीबाट डोकाका डोका फोहर निकालियो, स्थानीयवासी अझै रमिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2
काठमाडौँ, १७ जेठ । बाग्मती नदीबाट आज पनि प्लास्टिक र प्लास्टिकजन्य फोहर डोकाका डोका निकालिएको छ ।
बाग्मती सरसफाइ अभियानमा एक वर्षयता प्रत्येक शनिबार हजारौको सङ्ख्यामा नरनारी जुट्दै आएका छन् ।

सो अभियानमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडाँै महानगरपालिका, बाग्मती सभ्यता बचाउ अभियान लगायतको निरन्तर सहभागिता र सहयोग  रहँदै आएको छ ।

सफाइ अभियानले निरन्तरता पाएकाले बाग्मती नदी र नदी किनारबाट प्लास्टिक र प्लास्टिकजन्य वस्तु धेरै निकाली सकिएको छ ।

विगतको तुलनामा बाग्मतीमा फोहर र प्रदूषणको मात्रा निकै घटेको छ । लामो खडेरीका कारण खोलामा पानीको बहाव ज्यादै न्यून भएकाले आशा गरेअनुरुप सफा तुल्याउन भने कठिनाइ पुगेको छ ।

प्रारम्भमा बाग्मती नदीको सानो क्षेत्रबाट एकै दिनमा ट्रकका ट्रक फोहर निस्कने गरेकामा अहिले त्यो क्रम घटेर डोकामा सीमित हुन थालेको छ ।

पछिल्लो समय धेरैजसो सङ्घसंस्था र निकायले आफ्नो वार्षिकोत्सवका कार्यक्रममा पनि बाग्मती सरसफाइ गर्न थालेका छन् । 1606909_811234015555854_6001882304414184968_n

यसले समेत बाग्मती नदी मात्र विश्वकै पुरानो सभ्यतामध्येको बाग्मती सभ्यताको गरिमा र महत्वलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ । सरसफाइअन्तर्गत आज मीनभवन र सुविधानगर क्षेत्रमा बाग्मती नदी र किनारका फोहर निकालिएको छ ।

सो अभियानमा संलग्न भएर नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विद्यार्थी, स्वयम्सेवी, समाजसेवी, वातावरण संरक्षणमा लागेका सङ्घसंस्था र अभियन्ता, कलाकार, पत्रकार, सुरक्षा निकायका गरी हजाराँै महानुभावले बाग्मतीबाट डोकाका डोका फोहर निकाल्नु भएको थियो ।
उता स्थानीय जनता भने अझै पनि अभियानमा जुट्नुको साटो कौसी र बरन्डामा बसेर रमिते बनेको देखिन्थे । सफाइ अभियानमा जुटेका अभियन्ताले बाग्मती नदीको गरिमा बचाउन सरसफाइमा जुट्न माइकिङ गर्दै आए पनि अझसम्म स्थानीयको त्यसमा आवश्यक सहयोग र समर्थन पुग्न सकेको पाइँदैन ।