५ कार्तिक २०८३, बिहिबार

जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गर्न आयोगलाई प्रेस काउन्सिलको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबारे जनचेतना बढाउन जिल्ला तहमा अमिभुखीकरण कार्यक्रम गर्नुपर्नेलगायत १६ बुँदे सुझाव निर्वाचन आयोग नेपाललाई दिएको छ ।

सुझावमा प्रादेशिक र संघको आउँदो निर्वाचनमा सामाजिक सञ्जाल अध्ययन, अनुगमनका लागि पहिले नै प्रर्याप्त जनशक्तिको व्यवस्था गरिनुपर्ने समेत उल्लेख छ । स्थानीय तह चुनावको विशेष अनुगमनको अन्तिम प्रतिवेदन पेस गर्दै काउन्सिलले यस्ता सुझाव दिएको हो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आयोगमा एक समारोहबिच सुझावसहितको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई हस्तान्तरण गरे । सो क्रममा अध्यक्ष बस्नेतले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पत्रकार र सञ्चार माध्यमबाट पुर्वानुमान गरिएजस्तो विगतमा झैँ पत्रकार र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नपाइएको बताए ।

तथापि केही सञ्चार माध्यमले राजनीतिक नेताको घृणास्पद अभिव्यक्तिलाई जस्ताको तस्तै प्रस्तुत गर्दा मतदातामा भ्रम पर्न गएकाले काउन्सिलले तत्कालै मौखिक/लिखितरूपमा ध्यानाकर्षण गराएर रोक्न लगाएको उनले प्रष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले पनि पहिले सोचिएजस्तो निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नपाइएको बताउँदै काउन्सिलले पेस गरेको प्रतिवेदनमा उल्लिखित सुझावलाई विषय र ठाउँ हेरेर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।