५ कार्तिक २०८३, बिहिबार

प्रहरीको काम प्रभावकारी बनाउन कर्मचारीहरू अझै सक्रिय हुनुपर्छ : महानिरीक्षक सिंह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको कामकारबाहीलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरू अझै सक्रिय हुनुपर्ने बताएका छन् ।

आधुनिक प्रविधि, नवीन शीप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षणपछि आयोजित कार्यक्रममा उक्त विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् ।

महानिरीक्षक सिंहले आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने बताएका छन् । उनले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी गोपनीयता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराएका छन् ।

नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन÷नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न उनले निर्देशन दिएका छन् । भवन निर्माणमा मितव्ययिता एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

उक्त अवसरमा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बीसी र मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले आ–आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतीकरण गरेका थिए ।