
काठमाडौं, ३ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई आज शुक्रबार छलफलका लागि बोलाएको छ ।
एसपीपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।
सेनाले नेशनल गार्डसँग एसपीपी सम्झौताका लागि पत्र पठाएको स्वीकार गर्दै उक्त पत्रको आशय विपद् ब्यवस्थापनका लागि सहयोग आदान प्रदान मात्रै भएको र त्यसमा सैन्य गतिविधि सम्बन्धि कुनै पनि अवधारणा नराखिएको दाबी गर्दै आएको छ ।
नेपाली सेनाले सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा अमेरिकालाई पनि सहयोगका लागि पत्र लेखिएको पंष्टीकरण पनि दिएको छ । सेनाले उक्त सम्झौताका लागि सन् २०१५ र २०१७ मा पत्र लेखेको थियो । पहिलो पत्र सार्वजनिक भएको भए पनि सन् २०१७ मा लेखिएको पत्र भने सार्वजनिक भएको छैन ।















प्रतिक्रिया