५ कार्तिक २०८३, बिहिबार

आज बस्ने संसद बैठकमा के–के छन् सम्भावित कार्यसूची ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे बस्दैछ ।

आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तीन वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । उनले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने त्यसपछि विधेयक प्रस्तुत गर्ने छन् ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैककमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन र बीमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ । संसद्‌ले बिहीबार आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको छ ।