
दाङ, २ असार । बृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजले बुधबार १७औँ विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाएको छ ।
बृद्ध सेवा समिति ज्येष्ठ नागरीक समाज तुलसीपुर र नगर समितिको संयुक्त आयोजनामा विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध दिवस मनाइएको हो ।
बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यता तथा ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष पूर्णबहादुर खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
संस्थाका सह–कोषाध्यक्ष सुष्मा लामिछाने गिरीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रममा कार्यक्रममा संस्थाका सल्लाहाकारहरु नवराज रजौरे, वशन्त कुमार खड्गी, खेमराज अधिकारी, नारायण प्रसाद शर्मा, पवित्रा धिताल, विष्णु प्रसाद अधिकारी, कोषाध्यक्ष झग्गु प्रसाद गौतम, सदस्य सिता देवकोटालगायतकाले समाजका धरोहर ज्येष्ठ नागरिकलाई उचित सम्मानको आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपाल प्रसाद उपाध्याय धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजिकरण सचिव राधेश्याम उपाध्यायले गरेका थिए । सो अवसरमा संस्थाका सल्लाहाकार खेमराज अधिकारीको जन्म दिन मनाइएको थियो ।















प्रतिक्रिया