५ कार्तिक २०८३, बिहिबार

सुस्मिताको बयान : मनोजले अरू व्यक्तिसँग समेत शारीरिक सम्पर्क गराएर हेरिरह्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

काठमाडौं, २ असार । सुन्दरी प्रतियोगिताका आयोजकले यौन शोषण गरेको आरोप सम्बन्धमा प्रहरीले अभियुक्त मनोज पाण्डेविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

अभियोग पत्रमा समेटिएको ‘पीडित’ सुस्मिता रेग्मीको बयानमा उनले टिकटक भिडियोमा बोलेका कुराहरूलाई थप स्पष्ट पारेकी छन् ।

रेग्मीले पीडक मनोज पाण्डेले आफूले मात्रै यौन शोषण गरेको नभई अन्य व्यक्तिसँग समेत जबरजस्ती सम्बन्ध राख्न लगाएको दाबी गरेकी छिन् । उनका अनुसार पाण्डेले आफ्नैअगाडि अन्य व्यक्तिसँग समेत सम्बन्ध राख्न लगाएका थिए ।

रेग्मीको बयानमा भनिएको छ, ‘एक दिन मनोजकुमार जैशीले मलाई अनामनगरकै होटेलको एउटा कोठामा लगेका थिए र म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेका थिए । निज जैशीले उक्त व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु भनी त्रासपूर्ण तरिकाले मलाई भने । सँगै ती अपरिचित व्यक्तिलाई तँ यो केटीसँग शारीरिक सम्पर्क राख म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य बनाए । मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको निज जैशीले हेरेर बसे । उक्त मानिसको थिए म चिन्दिनँ ।’