
तनहुँ, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नभएकाले यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
तनहुँ प्रहरीका अनुसार तत्काल मर्मतसम्भार गर्न नसक्ने अवस्था बनेपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको छ । करिब २० मिटर सडक भासिएको बताइएको छ ।















प्रतिक्रिया