
काठमाडौं, २७ जेठ । अब काठमाडौं महानगरपालिकाको फोहोर रातिको समयमा सिसडोल लगिने भएको छ ।
हिजो बिहीबार मध्यरातमा सहमति भएअनुसार काठमाडौंको फहोर व्यवस्थापन रातिको समयमा गर्न लागिएको हो । शहरी विकास मन्त्रालयमा राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि सम्बन्धित वडाध्यक्षहरूको उपस्थित थियो ।
फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भएको छ । सहमतिअनुसार आजदेखि राजधानीको फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भएको छ । अब रातिको समयमा फोहोर बिर्सन हुनेछ ।

















प्रतिक्रिया