
काठमाडौं, २६ जेठ । ठमेलस्थित पर्यटकीय व्यापारिक कम्प्लेक्स छायाँ सेन्टरले आफ्नो सबै शौचालयहरू सार्वजनिक प्रयोगका लागि खुला गरेको छ ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ले घोषणा गरेको ‘निःशुक्ल शौचालय’ अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दै कम्प्लेक्सले उक्त भवनभित्र रहेका १२ वटै शौचालय सर्वसाधारण तथा पर्यटकहरुका लागि निःशुल्करूपमा खुला गरेको जानकारी दिएको छ ।
छायाँ सेन्टरका सञ्चालक सुमन पाण्डेले सबैको सहयोगबाट महानगरलाई स्वच्छ र सफा राख्न सकिने भन्दै मेयरले चालेको कदमप्रति सहयोग गर्न संस्थाले उक्त निर्णय गरेको बताएका छन् ।















प्रतिक्रिया