६ कार्तिक २०८३, शुक्रबार

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

चितवन, २६ जेठ । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले जानकारी दिएका छन् । पहिरोकै कारण मुग्लिन–नौबीसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ मा रहेको नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए । रासस