
पोखरा, २६ जेठ । जिल्ला समन्वय समिति कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
पदस्थापना कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरका पूर्वमेयर मानबहादुर जीसीले सही नीति–नियमका साथ समृद्धिको अभियानलाई अघि बढाउन नयाँ समितिलाई आग्रह गरे । जनप्रतिनिधि कामयाबी हुनुपर्ने पनि उनले सो अवसरमा बताएका छन् ।
नवनिर्वाचित प्रमुख लिलाधर पौडेलले कास्की जिल्ला समन्वय स्थानीय तह निर्वाचन २०७९ मा आफूहरूलाई सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । उनले पदस्थापना कार्यक्रमको आयोजना गरी जिम्मेवारी हस्तान्तरण गर्ने जिसस कास्किका निवर्तमान पदाधिकारी तथा सदस्यहरुलाई पनि धन्यवाद व्यक्त गरे ।
यसैबीच जिल्ला समन्वय समिति कास्कीको हिजो बसेको पहिलो बैठकले अनुगमन तथा समन्वयलाई थप प्रभाबकारी बनाउनका लागि विभिन्न कार्यविभाजन समेत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए ।















प्रतिक्रिया