
काठमाडौं, २५ जेठ। सरकारले बन्दी बनाएका नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव)का नेता कार्यकर्ता छाड्ने तयारी भएको छ। नेकपाका तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले उक्त विषयमा गृहमन्त्री बालकृष्ण खाँणसँग गृह मन्त्रालयमा छलफल गरेका छन्।
सरकारले बन्दी बनाएका नेता कार्यकर्ताको रिहाईका विषयमा केन्द्रित रहेर छलफल भएको प्रकाण्डले जानकारी दिएका छन्। बुधबार विहान गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएको प्रकाण्डले जनाएका छन्।
विप्लव पक्ष शान्तिपूर्ण राजनीति हुँदै आगामी चुनावमा मैदानमा उत्रिने तयारीमा छन्। त्यसको तयारीअनुसार नै नेता कार्यकर्ता रिहाईका निम्ति उसले सरकारी पक्षसँग वार्तालाई निरन्तरता दिइरहेको छ।















प्रतिक्रिया