
काठमाडौं, २५ जेठ । नेपालमा वैकल्पिक राजनीतिक शक्तिहरु क्षतविक्षत अवस्थामा छन् ।
उज्ज्वल थापाले नेतृत्व गरेको विवेकशील दल र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी अस्तित्वमा छैनन् ।
नेपालमा वैकल्पिक राजनीतिको सुरुवात विवेकशीलको नाममा उज्ज्वल थापाले चलाएका थिए भने बाबुराम भट्टराईले संविधान बनेपछि नयाँ शक्ति पार्टीको स्थापना गरेका थिए ।
उज्ज्वल थापा हाम्रा माझ सधैंको लागि बिदा भइसकेका छन् । बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष छन्, उनले बनाएको पार्टी छैन ।
नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता छ भनेर अगाडि आएका दल र नेताहरूमा पनि पुरानै रोग देखिन्छ । पार्टी फुटाउनेदेखि एकले अर्कालाई निषेध गर्ने गलत राजनीतिक परम्पराबाट वैकल्पिक शक्तिहरु अछुतो रहन सकेनन् ।
विवेकशील दल र साझा पार्टी मिलेर बनेको विवेकशील साझा पार्टी विभाजनको अवस्थामा छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलन पाण्डे लगायतका नेताहरूलाई कारवाही गरेका छने भने स्थानीय तहको निर्वाचनमा पार्टी नराम्ररी पराजित भएको भन्दै मिश्रले पार्टी अध्यक्ष पदबाट राजीनामा समेत दिइसकेका छन् । यसबाट अब विवेकशील साझा पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरामा दुबै पक्ष अन्योल सृजना भएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी पनि अस्तित्वमा छैन । बाबुरामले तत्कालीन संघीय समाजवादी फोरम र राजपा सङ एकीकरण गरेर जनता समाजवादी पार्टी निर्माण भएको छ । जनता समाजवादी पार्टी पनि दुई टुक्रा भएर अर्को नयाँ दल लोसपा निर्माण भएको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि फुटको संघारमा छ ।
बाबुराम भट्टराई पुरानै बाटोमा फर्किएको भन्दै नयाँ शक्ति पार्टीको नेतृत्व रवि किरण हमालले गरेका थिए । रवि किरण हमालले नेतृत्व गरेको नयाँ शक्ति पार्टी पनि स्थानीय तहको निर्वाचनअगावै विघटन भइसकेको अवस्था छ ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारहरुको बिजयले बैकल्पिक राजनीतिमा लागेकाहरु उत्साहित भएका छन् । दिनहुँ आम निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल बहस भइरहेको पाइन्छ ।
राजधानीका विभिन्न ठाँउमा आयोजित भेलामा तथा छलफलहरुमा आगामी संसदीय चुनावको उपयोग कसरी गर्ने भन्नेबारे स्वतन्त्र अभियन्ताबीच दुई लाइन देखा परिरहेको छ ।
नयाँ पार्टी बनाएर स्पष्ट विचार र राजनीतिक कार्यक्रम सहित देशभर निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने एक खालको लाइन छ भने स्वतन्त्र उम्मेदवारी दिएर अगाडि जानुपर्छ अर्को लाइन ।
सर्वेन्द्र खनाल, रमेश खरेल, सुदिप श्रेष्ठ, हेमराज थापा, बब्लु गुप्तालगायतका पात्रहरू पनि आम निर्वाचनमा भाग लिने तयारीमा छन् । डम्बर साहुले छुट्टै स्वतन्त्र उम्मेदवारी अभियान चलाइरहेका छन् । वैकल्पिक राजनीतिक शक्तिका अगुवाहरू कसरी आम निर्वाचनमा जान्छन् हेर्न भने बाँकी छ ।















प्रतिक्रिया