
काठमाडौं, २४ जेठ । नुवाकोटका सिडोलवासीले काठमाडौं उपत्यकाको फोहोर फाल्न पुनः अवरोध गरेका छन् ।
हिजो सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएलगत्तै आज मंगलबार बिहान फोहोर लिएर गाडी सिसडोलवासीले रोकेका हुन् ।
हिजो भएको सहमतिका अतिरिक्त थप सहमति खोज्दै फोहोर खन्याउन नदिइएको बताइएको छ ।
यद्यपि, उनीहरूको मागबारे यकिन भने भइसकेको छैन । विस्तारित घटनाक्रमबारे काठमाडौंका मेयर बालेन्द्र शाहले सम्बिन्धत पालिकाका जनप्रतिनिधिहरूसँग टेलिफोनमार्फत छलफल गरिरहेको बताइएको छ ।















प्रतिक्रिया