६ कार्तिक २०८३, शुक्रबार

यस्तो रहेछ एकीकृत समाजवादीका मन्त्री फिर्ता गर्नुपर्ने मुख्य कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ। नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका एक राज्यमन्त्रीसहित चार जनालाई फिर्ता बोलाउँदै अन्य ५ जनालाई सिफारिस गरेको छ। जसको शपथ ग्रहण सोमबार हुने बताइएको छ।

सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता गर्नका लागि समाजवादीको सचिवालयमा दबाब परेको थियो। कामको विषयमा खास लेखाजोखा गरेर नै मन्त्री फिर्ता बोलाउने निर्णयमा पार्टी पुगेको थियो।

यसभित्र पनि मुख्य कारणचाहिँ शहरी विकास मन्त्री रामकुमारी झाँक्री रहेको बताइन्छ। उच्च स्रोतका अनुसार मन्त्री भएको ७ महिना पुग्दा पनि झाँक्रीले पार्टीको निर्देशनअनुसार काम नगरेको, पार्टीलाई मन्त्रालयमा भएका गतिविधि जानकारी नगराएको गुनासो थियो।

झाँक्रीले लेवि समेत नबुझाएको बताइन्छ। त्यसो त फिर्ता भएका झाँक्रीसहित विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसान)लगायतले सम्पत्ति विवरण पनि सार्वजनिक गरेका थिएनन्। उनीहरूले मन्त्रालयमा जिम्मेवारी लिएपछिका गतिविधि पनि जानकारी नगराएका कारण फिर्ता बोलाउनु परेको एकीकृत समाजवादीका एक नेता बताउँछन्।