५ कार्तिक २०८३, बिहिबार

वातावरण दिवसमा माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । माछापुच्छ्रे बैंकले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हिजो आइतबार चन्द्रागिरि नगरपालिका–३ स्थित सेतीदेवी, दुमाल डाँडा, जेसिज वनमा वृक्षरोपण गरेको बैंकले जनाएको छ ।

सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा बैंकले दश लाख वृक्षरोपण अभियानअन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षरोपण कार्यक्रममा बैंक सहभागी भएको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, १६६ वटा शाखारहित बैंकिङ्ग सेवा र २०५ वटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।