
काठमाडौं, २३ जेठ। भनिन्छ, युवा अवस्था प्रकृतिको उपहार हो तर उमेरचाहिँ कलाको कर्म हो। तर यी दुवैमा पोख्त छन् युवा उद्यमी सुन्दर भुसाल।
विश्व प्रजातान्त्रिक युवा महासंघ (डब्ल्युएफडीवाई)का उपाध्यक्ष भुसाल उद्यमतासँगै राजनीतिमार्फत समाजसेवामा सक्रिय हुन थालेका छन्। हरेक परिवर्तन राजनीतिबाट सम्भव हुने भएकाले उनी नेकपा एमालेमार्फत समाजमा भिज्न खोजिरहेका छन्।
‘राजनीतिबाट नै परिवर्तन सम्भव छ। अहिले दलीय आवद्धता एउटा सवाल भयो, जिम्मेवारी लिएर परिवर्तनका लागि युवा सक्रिय हुन आवश्यक छ’, भुसाल भन्छन्।

नेकपा एमालेमार्फत राजनीतिक यात्रामा सक्रिय उनी गण्डकी प्रदेश सदस्य छन्। उनको कौशलताको मापन गरी एमालेले उनलाई केन्द्रीय विभागमा पनि स्थान दिएको छ।
एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाजमा भुसाललाई केन्द्रीय सचिवालयले सदस्यमा मनोनित गरेको छ। एमाले पदाधिकारहरुले उनको योगदान सबल हुने अपेक्षाका साथ उक्त विभागमा मनोनित गरेको बताइएको छ।
दलको आवश्यक युवा व्यक्तित्वका रुपमा स्थापित भुसालले राजनीतिमा फड्को मार्नु कुशल काम भएको उनका निकटस्थ बताउँछन्। ‘अहिले युवाहरू अगाडि आउन थालेका छन्। एमालेले पनि उनको आवश्यक योगदानलाई स्मरण गरेका कारणले नै केन्द्रीय विभागमा राखेको हो’, एक नेता बताउँछन्।
विदेशमा अध्ययन गरी नेपालमा योगदानका निम्ति नै भुसाल सक्रिय छन्। उनी भन्छन्,‘राजनीतिमार्फत योदान गर्न सकिन्छ। विदेशको अध्ययन र सीपलाई यहाँ चलायमान बनाउने प्रयत्न गर्नुपर्छ।’











प्रतिक्रिया