
काठमाडौं, २२ जेठ । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईलाई सम्मान गरेको छ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचमार्फत निर्वाचित भएकी भट्टराईलाई विभागले हिजो शनिबार सम्मान गरेको हो । विभागको पहिलो वैठक पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हिजो बसेको थियो । सोही बैठकमा महासचिव पोखरेलले भट्टराईलाई सम्मान गरेका हुन् । सम्मान प्राप्त गर्ने उपप्रमुख भट्टराई विभागकी सदस्य पनि हुन् ।
विभागका प्रमुुख कमल चौलागाईंको अध्यक्षता र उपप्रमुुख निर्मल भट्टराईको सञ्चालनमा सम्पन्न बैठकमा पार्टीको लेखा आयोगका सदस्य मिनराज कँडेल, विभागका पूर्वसचिव केबी उप्रेती तथा विभागका सदस्यहरू रमेशप्रसाद पोखरेल र परितोष पौड्यालले सहकारीको अवस्था र आयकरका सम्बन्धमा जानकारी गराएका थिए ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले सहकारी तथा गरिवी निवारण विभागमा २३ जनालाई सदस्य मनोनयन गरेको छ । पार्टीका पोलिव्यूरो सदस्य समेत रहेका कमल चौलागाईं प्रमुख तथा केन्द्रीय सदस्यहरू अमृता सुब्बा र निर्मल कुमार भट्टराई उपप्रमुख रहेको विभागका सदस्यहरूमा सहकारी अभियानका अगुवाहरू रमेश प्रसाद पोखरेल, केबी उप्रेती, डिबी बस्नेत, परितोष पौड्याल, खेमबहादुर पाठक र भीम तुलाचन छन् ।
त्यस्तै रामचन्द्र उप्रेती, हरिहरनाथ योगी, सरिता भट्टराई, रामबहादुर जीसी, शान्ति अधिकारी, विश्वनाथ मण्डल, महेन्द्र गिरी, टेकप्रसाद चौलागाईं, रामशरण शर्मा घिमिरे, भुवन विक्रम घिमिरे, मिना ढकाल, देवराज पराजुली, शम्भु गुप्ता, डा.खगराज शर्मा, केशव पोखरेल, जिवछराज खड्का र खेमराज सुवेदी पनि यो विभागको सदस्य छन् ।















प्रतिक्रिया