
काठमाडौं, २१ जेठ । रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन् ।
रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावालखेल जान लागेकी हुन् ।
लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । परम्परा नुसार भोटोजात्राको अघिल्लो दिन रथ वरपर भूत पिचास पन्छाएको रथवाट भोटो देखाउने परम्परा छ ।















प्रतिक्रिया