६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले काठमाडौंका मेयर बालेनलाई भेट दिएर के–के भने?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार भेटेका छन्।

प्रचण्डनिवास खुमलटार पुगेर भेट गरेका बालेनले काठमाडौं महानगरपालिकालाई सफल बनाउनका लागि केन्द्रीय सरकारका तर्फबाट सहयोगका लागि सहजीकरणको प्रस्ताव राखेका छन्।

बालेनको जितलाई क्रान्तिको उपमा दिँदै प्रचण्डले सबै दलसँग सहकार्य गर्ने स्वतन्त्र मेयरको काम सुखद हुने बताएका थिए। उनले बालेनको जित अन्य भन्दा फरक र जनताको साँचो आबाज रहेको पनि बताएका थिए।

बालेनले यसअघि मेयर घोषणापूर्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका थिए।