
काठमाडौं, २० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार अहिले चिरनिद्रामा परेको भन्दै झकझक्याएर उठाउने बेला भएको बताएका छन् ।
सत्तापक्षकै विद्यार्थी संगठनहरूले विश्वविद्यालयहरूमा तालाबन्दी गरेको तथा उक्त तालाबन्दी खुला गर्ने विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै उनले सरकारप्रति यस्तो पटाक्षप गरेका हुन् । विद्यार्थीहरूले असान्दर्भिक मुद्दा उठाएर विश्वविद्यालयहरूमा ताला लगाएको आरोप समेत लगाएका छन् ।
‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गरेको लामो समय भयो,’ महासचिव पोखरेलले भने, ‘तर, सरकार थाहा नपाएझैं चिरनिद्रामा छ । झकझक्याउँ ।’















प्रतिक्रिया