५ कार्तिक २०८३, बिहिबार

फोन–पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । फोन–पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आज हुने भएको छ ।

ब्राण्डवर्थको आयोजनामा इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुन लागेको हो । कोभिड–१९ पछि नेपालीहरू डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशनतर्फ फड्को मारिरहेकोे कुरालाई दृष्टिगत गर्दै कन्क्लेभको आयोजना गरिएको फोनपे–ले जनाएको छ ।

कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग छलफल हुने बताइएको छ ।

यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड–१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको कम्पनीले जनाएको छ ।

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैंका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल ः सानो बजार कि असीमित सम्भावना ?’ तथा ‘हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा अन्तरक्रिया र बहस हुनेछ ।

यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको सहभागिता रहने बताइएको छ ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कि–नोट स्पीच दिने बताइएको छ । यसका साथै नेपालको डिजिटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूंचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुने छ ।