५ कार्तिक २०८३, बिहिबार

अनुशासनहीनताका कारण स्थानीय तहमा जनमत गुम्यो : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासनहीनता मुख्य कारण भएको बताएका छन् ।

हिजो बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका हुन् ।

आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानु पर्ने उनको भनाइ छ । ओलीले प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुन समेत निर्देशन दिए ।

संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल सहित २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको थियो ।