५ कार्तिक २०८३, बिहिबार

नेविसंघले त्रिविमा फेरि लगायो ताला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले फेरि तालाबन्दी गरेको छ। आज कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले ताला लगाएको हो।

नेविसंघले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो। तर बुधबार नेकपा (क्रान्तिकारी)ले ताला फुटाएको थियो।

नेकपा (क्रान्तिकारी) का नाममा नक्कली विज्ञप्ति टाँसेर ताला फुटाइएको भन्दै नेविसंघले विरोधसमेत गरेको छ। नेकपा (क्रान्तिकारी)ले ताला फुटाएको विरोध गर्दै नेविसंघले आज फेरि तालाबन्दी गरेको छ।