५ कार्तिक २०८३, बिहिबार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । संघीय संसदअन्तर्गतका दुवै सदनको बैठक आज बिहीबार पनि बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ भने राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने छ ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुने भएको छ ।

बजेटमाथि मंगलबार र बुधबार पनि सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । बुधबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले त्यसलाई बिहिबार पनि निरन्तरता दिइन लागेको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।