५ कार्तिक २०८३, बिहिबार

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन् ।

हेटौंडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिदै बधाईसहित शुभकामना दिएका छन् ।

जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।