
काठमाडौं, १९ जेठ । पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले बृद्धभत्ता नलिने घोषणा गरेका छन् ।
काम गर्न नसक्ने र दैनिक गुजरा चलाउन समस्या भएका ज्येष्ठ नागरिकले मात्रै यस्तो भत्ता लिनुपर्ने भन्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले सरकारले बजेटमा काम गर्न नसक्ने ज्येष्ठ नागरिकलाई ६८ बर्षबाटै वृद्धभत्ता दिलाउने घोषणा सकारात्मक भएको पनि बताएका छन् ।
‘मैले वृद्धभत्ता लिँन्नँ, मैले काम गरेको संस्थाले निवृत्तिभरण दिइरहेको छ, त्यस्तै सक्ने ज्येष्ठ नागरिकले पनि वृद्धभत्ता लिनु हुँदैन,’ उनले भने, ‘यो नैतिकताको कुरा पनि हो । सरकारले बजेटमा वृद्धभत्ता नलिनेलाई सम्मान गर्ने घोषणा गरेको छ, यो निकै राम्रो छ ।’
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको उनको टिप्पणी छ । नेपालको वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सृजना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको उनले बताएका छन् ।















प्रतिक्रिया