५ कार्तिक २०८३, बिहिबार

बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको छ, कार्यान्वयन हुनुपर्छ : अग्रवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दिप अग्रवालले सरकारले संसदमा पेश गरेको आगामी वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएको बताएका छन् ।

बजेटले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुका साथै यसका कमीकमजोरीलाई केलाएको बताए ।

महासंघका कर तथा राजस्व समितिका सभापति समेत रहेका अग्रवालले भने, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि हाम्रो अर्थतन्त्रमा भएका कमीकमजोरी केलाउने सरकारले राम्रो प्रयास गरेको छ । नयाँनयाँ नीति नियमको थालनी गरेको छ । निर्यात र कृषि क्षेत्रका समस्या पनि सम्बोधन गर्ने प्रयास गरेको छ ।’

उनले अगाडि भने, ‘युक्रेन युद्ध र कोभिड–१९ को समस्याले के देखाएको छ भने खाद्य सुरक्षामा हामी आत्मनिर्भर बन्नुपर्छ तर हामी आयतमै निर्भर छौँं, यस पटकको बजेट कृषिलाई बढवा दिने प्रयास गरेको छ ।’

उनले विदेशबाट आउने नेपाली कामदारले नेपालीमै लगानी गर्ने र उनीहरुका एयरपोटमा जानेलगायतका केही व्यवहारिक कठिनाई पनि सरकारले समाधान गर्ने आशा महासंघले लिएको बताए ।

निर्यतलाई प्रोत्साहन गर्ने नीति स्वागयोग्य रहेको बताउँदै अग्रवालले भने, ‘निर्यातका लागि सरकारले नयाँ उत्पादनको आईडेन्टीफिकेशन गरेर खासगरी, सिमेन्ट, स्टील, फुटवेयर, पानीलाई नगद प्रोत्साहन दिने नीति आफैमा स्वागतयोग्य छ, यसबाट नेपालले आफ्नै सिमेन्ट उत्पादन गरेर, आफ्नै चुन ढूंगाको खानीबाट सिमेन्ट उत्पादन गरेर निर्यत गरेमा व्यपार घाटा कम गर्ने सहयोग पुग्नेछ ।’ निर्यातमा छूट गरिएका बस्तुहरुमा फेरि छुट दिनु राम्रो कुरा भएको भन्दै अग्रवालले छुटेका बस्तुहरुमा यो व्यवस्थाप गर्नेमा महासंघले आशा गरेको बताए ।

उनले सरकारी सेवालाई पूर्णरुपमा डिजिलाईजेशन गर्नुपर्नेमा जोड दिएका छन् । अग्रवालले निजी क्षेत्रले उदारो संकलन गर्न नसकेको बताउँदै नीति आवश्यक रहेको बताए । ‘निजी क्षेत्रको मागमध्ये उदारो संकलन पनि हो, कारोबारलाई बिल विजग मानेर निजी क्षेत्रले आफ्नो उधारो संकलन गर्न सकेको छैन, उदारोको चेपुवामा नीजी क्षेत्र छ, सरकारले उदारो संकलनसम्बन्धी कानुन ल्याइदिएको भए राम्रो हुने थियो,’ अग्रवालले भने ।

राजस्व न्यायाधीकरणसम्बन्धी नीति खुकुलो बनाउन पनि महासंघको माग रहेको अग्रवालले बताए । राजस्व संकलनमा पनि सरकारले महत्वकांक्षी योजना ल्याएको बताउँदै अग्रवालले बजेट पूर्ण कार्यान्वनयको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।