६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसलाई ठेगान लगाउन नपरोस्ः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए ठेगान लगाइदिने चेतावनी दिएका छन्।

बुधबार देशभरीबाट स्थानीय तहमा जितेका प्रतिनिधिलाई प्रशिक्षण दिँदै एमालेको जस्तो अहंकार देखाउने बाटोमा कांग्रेस लागेको भन्दै विद्रोह गरी ठेगान लगाउन सकिने बताए।

गठबन्धन आगामी चुनावसम्म लैजाने नै मनसाय रहेको उल्लेख गरेका उनले ठूलो दल भइयो, स्थानीय चुनावमा जितियो भनेर फुलेर माओवादीलाई हेप्ने गल्ती नगर्न कांग्रेसका नेतालाई चेतावनी दिए ।