
नवलपरासी पश्चिम, १८ जेठ । नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४०–४५ बर्षीय ईन्द्रबहादुर चौधरीको मृत्यु भएको हो ।
आज बुधबार बिहान खेत हेर्न गएका बेला पानीसङ्गै परेको चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए ।
उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया