५ कार्तिक २०८३, बिहिबार

स्थानीय तह निर्वाचनमा सरकारले धाँदली र राज्यशक्तिको चरम दुरुपयोग गर्‍यो : लोसपा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरेर धाँदली गरेको आरोप लगाएको छ ।

सरकारले निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको भन्दै लोसपाले भनेको छ, ‘स्थानीय तह निर्वाचनमा नेपाल सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरूमा सत्ता गठबन्धनका घटक दलहरूले धाँदली र राज्य शक्तिको दुरुपयोग गरेको स्पष्ट छ ।’

हिजो मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आवधिक निर्वाचन लोकतन्त्रको मजवुती र विकासका लागि अपरिहार्य रहेको बताउँदै विविध परिस्थिति, परिवेश र राजनीतिक उतारचढावका बीच स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा प्रदत्त जनमत प्रकट गर्ने आम नेपाली जनसमुदाय, मतदाता, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूप्रति धन्यवाद समेत प्रकट गरेको छ ।

सो पार्टीले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ ।